नेपालमा प्रयोग गर्न सके धेरै अवसर छन्, अवसर हेर्ने सुष्म आँखा चाहिँयो : अर्थमन्त्री डा. महत  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालमा प्रयोग गर्न सके धेरै अवसर छन्, अवसर हेर्ने सुष्म आँखा चाहिँयो : अर्थमन्त्री डा. महत 



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको नेतृत्व युवाहरुले गनुपर्ने बताएका छन् । बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले बाहिर जाने ट्रेन्ट चलेको छ, साथीभाइ गए, काकामामाका छोराछोरी गए, म गइन भने त मेरो स्टाटस नै तल जान्छ भन्ने मानसिकता बढेको छ । यहाँ धेरै अवसर छन्, यो अवसर हेर्ने सुष्म आँखा चाहिँयो ।’बाहिर गएपछि सबै ठिक हुन्छ भन्ने मानसिकताबाट युवाहरुलाई मुक्त गराउनु छ । अबसर भन्ने कुरा बाहिर भन्दा पनि आफ्नै देशभित्र खोज्नुपर्छ ।’

म पनि ६-७ वर्ष विदेश बसेर आएको मान्छे हुँ, त्यहाँ पनि समस्या धेरै छन्,’ उनले भने, ‘विदेश जाने युवालाई अनुरोध छ, पूर्ण छात्रवृत्ति छैन भने धेरै गाह्रो छ तर छ र सकिन्छ भने पढ्न जाऔं।’ अहिले नकारात्मक कुरा बढी प्रवाह भइरहेकाले सकारात्मक कुरामा छलफल चलाउनुपर्ने महतले बताए । विदेशमा आर्जित पुँजी र सीप नेपालमा प्रयोग गर्न सके अवसर यहि छ । यसले देशलाई सही दिशामा लैजाने उनको भनाइ छ । ‘अब नयाँ पोजेटिभ नेशनल डिस्कोर्स सुरु गरौं । जस्तो पर्यटन उद्योग चलायमान बन्दै गएको छ । यसले धेरै अवसरहरु सिर्जना गर्छ । पर्यटन, आइटी, हाइड्राे र कृषिको नेपालमा धेरै स्काेप छ ‘ उनले भने ।

त्यसैगरी, कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई भविष्यप्रति कसरी आशावादी बनाउन सकिन्छ भनेर सोच्नुपर्ने बताएका छन् । खतिवडाले जुन आफैंबाट नै सुरु गर्नुपर्ने बताए । युवालाई उद्यमशिल बनाउने काम शिक्षाको भए पनि नेपालका सर्टिफिकेट बोक्ने प्रचलन बढेको र सर्किफिकेट देखाएर जागिर नपाएको खण्डमा विदेशमा जाने प्रचलन बढेको उनले बताए ।

त्यस्तै, खतिवडाले उद्यमी बन्न चाहनेका लागि सरकारले बिमा गर्ने नीति लिएको र बिमा गर्ने हो भने व्यवसाय गर्ने वातावरण बन्न सक्ने र आवश्यक पर्ने प्रविधिमा सरकारले लगानी गर्नुपर्ने उनले बताए

साथै, अन दि जब ट्रेनिङ (ओजेटी) अघि बढाउन उनले सुझाव दिए । तीन महिनाको ओजेटीमा सरकारले तिर्ने र बाँकी उद्यमीले नै तिर्ने व्यवस्था मिलाउनु पर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले युवालाई बैंकले उच्च प्रथमिकतामा राखेर कार्यक्रम सञ्चाल गरिरहेको बताए ।

‘हाम्रो बैंकले विगतमा युवालक्षित ७ वटा कर्जा योजना ल्याएकोमा अहिले १० वटा बनाएका छौं,’ उनले भने । बिनाधितो लगानी गर्दा दुरुपयोग भएको र उद्यमी पलायन हुनेजस्ता चुनौती देखिएको जानकारी गराए । यसबाट सरकार र बैंकले सोचेजस्तो परिणाम नआएको आफूहरुले पाएको उनको भनाइ छ । नगरपालिका, गाउँपालिका तथा विभिन्न खालका युवा संस्थासँग सहकार्य गरेर काम गरिरहेको उनले बताए ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार १४:५०