एक क्‍वीन्टल भनिएको सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एक क्‍वीन्टल भनिएको सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । सोमबार ‘ब्रेक सु’बाट सुन छुट्याउने काम भएको थियो। ‘ब्रेक सुु’ बाट छुट्याएको सुनको तौल ६० किलो ७८९ ग्राम थियो। पगाल्दा सुन ७३ ग्राम घटेर ६० किलो ७१६ ग्राम भएको हो।

अब उक्त सुनको गुणस्तर मापन गरिने र त्यसको लागि ३ दिन देखि एक सातासम्मको समय लाग्ने टक्सार महाशाखाले जनाएकाे छ । सुनको गुणस्तरतय गरेपछि सो सुनको अन्तराष्ट्रिय बजार मूल्य जति छ, त्यसमा ५ प्रतिशत रकम थपेर राष्ट्र बैंकले नै खरिद गर्ने पनि बुझिएको छ । प्रधानमन्त्रीको निर्देशनमा राजस्व अनुसन्धान विभागबाट हाल सीआईबीले यसको अनुसन्धान गरिरहेको छ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलवार १५:४८