सेयर बजारमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । सेयर बजारमा सोमबार सामान्य गिरावट आएको छ । आज बजार ३.६१ अंकले घटेर परिसूचक २०७७.२४ बिन्दुमा रोकिएको हो ।

२७९ कम्पनीको ५४ लाख १७ हजार ९२८ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ९ करोड१३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आज बैंकिङ समूहको उपसूचक ६.८७, विकास बैंक १.१३, उत्पादन तथा प्रशोधन समूहमा ३७.१९, माइक्रोफाइनान्स १४.२४ अंकले बढेको छ भने वित्त ५.४६, होटल ९२.६८, जलविद्युत ३६.०४, जीवन बिमा५.७१, निर्जीबन बिमा १०६.३१, अन्य कम्पनी १०.१६ र टेड्रिङ समूहको ४१.३० अंकले घटेको छ ।

कारोबारमा थ्री स्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड २४ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार १५:२०