काठमाडाैं । आउँदो वैशाख १ गतेदेखि सुर्ती, खैनी, गुट्खा, पान मसला, स्विट सुपारी लगायत सुर्तीजन्य वस्तु प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ ।
आन्तरिक राजस्व विभागले सूचना निकालेर सुर्तीजन्य वस्तु प्लास्टिकका खोलमा प्याकिङ गर्न नपाइने भन्दै तयारी थाल्न उद्योगहरूलाई जानकारी गराएको हो ।
नेपालमा उत्पादन गर्ने उद्योगसँगै आयात गर्ने आयातकर्ताहरूले समेत प्लास्टिकका खोलमा प्याकिङ गरिएका सुर्तीजन्य विस्तु ल्याउन पाउने छैनन् ।
अहिले आयात भइरहेका सबैजसो सुर्तीजन्य वस्तु प्लास्टिकका खोलमा रहने गरेका छन् । खासगरी गुट्खा लगायतका साना साना पोकामा राखिएका सुर्तीजन्य वस्तुका कारण प्लास्टिकजन्य फोहर बढेको गुनासो आइरहेको छ ।
देशबाट यस्ता वस्तु निर्यात गर्नेहरूले पनि प्लास्टिकका खोलमा नभई सडेर जाने वस्तुमा मात्रै प्याकिङ गर्न पाउनेछन् ।
Comment