सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा



काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

फण्डले कर सहित १६ प्रतिशतका दरले हुन आउने १३ करोड ७६ लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। यस योजनाको कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।

क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना चाडै प्रकाशित गर्ने जनाएको छ ।

प्रकाशित : 11 August, 2023 11:10 am