सेयर बजारमा सामान्य सुधार, दुई अर्ब १५ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार, दुई अर्ब १५ करोडकाे काराेबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ। आज बजार ५.१३ अंकले बढेर परिसूचक २०६६.०५ को विन्दुमा उक्लिएको हो।

आज कारोबार भएका २६९ कम्पनीको ५५ लाख ३ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब १५ करोड ६५ लाख ८३ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी सोल्टी होटलको १६ करोड ९५ लाख ८२ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ ।

आज बजार सामान्य बढ्दा होटल समूहमा १४८.९१, जलविद्युत समूहमा ६.९६, उत्पादन तथा प्रशोधन समूहमा ३३.४१, निर्जीबन बीमा समूह १३५.२१, अन्य समूह ७.५४, टेड्रिङ समूह ३१.८३ अंकले बढेको छ । साथै, बैंकिङ समूह ०.२३, विकास बैंक ११.१२, वित्त समूह ७.०५, जीबन बीमा समूहको ९.६९, माइक्रोफइनान्स ५.७९ अंकको गिरावट आएको छ।

कारोबारमा आज अभियान लघुवित्त वित्तिय संस्थाको सेयरमुल्य उच्च अंकले वृद्धि भएको छ भने हिमालय लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।

प्रकाशित : 10 August, 2023 3:38 pm