घट्यो सुनको मुल्य, चाँदी कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्यो सुनको मुल्य, चाँदी कति पुग्यो ?



काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य तोलामा ३०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँ घटेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन स्थिर रहँदै चाँदी तोलाको १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २३ श्रावण २०८०, मंगलवार १२:१५