काठमाण्डौं ,५ फागुन । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले चैत ३ गते साधारण सभा गर्ने भएको छ । बुधबार बसेको सञ्चालक समतिको बैठकले चैत ३को लागि साधारण सभाको मिति तय गरेको हो । सभामा बैंकले २३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । सबैभन्दा महत्वपूर्ण अनि एक हदसम्म रमाइलो पक्ष के छ भने भर्खरै बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भएर बैंक अफ काठमाण्डू लुम्बिनी बनेको यो बैंकले साधारण सभामा नाम परिवर्तन गर्न विशेष प्रस्ताव लैजाँदैछ ।
५ फाल्गुन २०७३, बिहीबार ०६:२७
Comment