निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न परिसंघको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न परिसंघको आग्रह



काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ नेपालले सरकारसमक्ष आग्रह गरेको छ।

उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको परिसंघले जनाएको छ । विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघले ध्यानाकर्षण गराएको छ।

परिसंघद्वारा जारी विज्ञप्तीमा कुल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान रहेको उल्लेख छ। निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्नसमेत परिसंघले आग्रह गरेको छ।

प्रकाशित : २१ श्रावण २०८०, आईतवार १६:४०