ओपो ए ७८ नेपाली बजारमा सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ओपो ए ७८ नेपाली बजारमा सार्वजनिक



काठमाडौं । ओपोले नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ। यसले एफएचडी प्लस एमोलेड डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ-फास्ट ६७ वाट सूपरभोक फ्ल्यास चार्ज र लामो समयसम्म चल्ने ५ हजार एमएएच ठूलो ब्याट्री, बुद्धिमान र सुरक्षित कलरओएस १३.१ र थपका साथ महत्त्वपूर्ण अपग्रेडहरू प्रस्तुत गरेको छ।

ओपो ए७८ एफएचडी प्लस एमोलेड स्क्रिन फिचर गर्ने पहिलो ओपो ‘ए श्रृंखला’ फोन हो।६.४” स्क्रिनमा ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच नमूना दरलाई परिष्कृत सहजता र प्रतिक्रिया प्रदान गर्दछ। स्मार्टफोनमा पहिलो इन–डिस्प्ले फिंगरप्रिन्ट अनलक पनि समावेश छ, जसले सौन्दर्य डिजाइन र दक्षताबीच राम्रो सन्तुलन प्रदान गर्ने बताईएको छ।

क्यामराको सन्दर्भमा, ए७८ मा ५० मेगापिक्सेल मुख्य क्यामरा र नयाँ सुविधाहरूको शृङ्खलासहित क्यामरा प्रणालीले सुसज्जित छ जसले आश्चर्यजनक तस्बिरहरू र भिडियोहरू खिच्न पहिलेभन्दा सजिलो बनाउँछ।

स्मार्टफोनमा स्न्यापड्रागन ६८० चिपसेटका साथ ८जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ। स्टोरेजलाई एसडी कार्ड स्लटमार्फत १ टिबीसम्मको अतिरिक्त भण्डारण बनाउन सकिन्छ।

यस्तै पछाडिको कभरमा उद्योगको पहिलो डायमण्ड म्याट्रिक्स डिजाइनको साथ दृश्यात्मक रूपमा आश्चर्यजनक अल्ट्रा-स्लिम रेट्रो डिजाइन राखिएको छ, जसले फोनलाई शैली र कार्यक्षमतामा एकदमै उत्कृष्ट बनाउने कम्पनीको दाबी छ।

ए७८ दुई ताजा, ट्रेन्डी कलर एक्वा ग्रीन र मिस्ट ब्ल्याक फिनिशमा उपलब्ध छ।

प्रकाशित : २१ श्रावण २०८०, आईतवार ११:५६