अब क्विन्टल सुन तस्करी प्रकरणकाे अनुसन्धान सीआईबीले गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

अब क्विन्टल सुन तस्करी प्रकरणकाे अनुसन्धान सीआईबीले गर्ने



काठमाडौं । त्रिभुवन विमानस्थल भएर भित्रिएको एक किलो सुन तस्करी प्रकरण अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा अन्तरदेशीय संगठित अपराध अनुसन्धान गर्न सीआईबीलाई अनुसन्धान अघि बढाउन भनिएको हो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बिहीबार बेलुकी बैठक बसेको थियो । सोहि बैठकपछि नै प्रधानमन्त्री प्रचण्डले थप अनुसन्धान सीआईबीमार्फत गर्न निर्देशन दिएका थिए ।

अब राजश्व अनुसन्धान विभाग भएर राजश्व छलीको कसुरमा अनुसन्धान जारी राहने भएको छ । यसैगरी, संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गर्नेछ ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । तर, सुन तस्करी प्रकरणमा संगठित गिरोहको संलग्नता देखिएकाले र भारतीय र चिनियाँ सुरक्षा निकायसँग सहकार्य गरी विस्तृत अनुसन्धान गर्नुपर्ने भएकाले सीआईबीमार्फत अघि बढाउने निर्णय भएको हो ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार १४:०२