तोलामा ३०० रुपैयाँले घट्याे सुनकाे मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा ३०० रुपैयाँले घट्याे सुनकाे मुल्य



काठमाडौं । सुनको मुल्य सोमबार तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५० रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन १ लाख १२ हजार ९०० रुपैयाँ र तेजावी सुनको मुल्य तोलाको १ लाख १२ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार ११:४८