हवाई टिकटमा भ्याट लगाउने निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हवाई टिकटमा भ्याट लगाउने निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी



काठमाडौं । हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा आइतबार बहसपछि सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

प्रकाशित : १४ श्रावण २०८०, आईतवार २१:५६