सुन चाँदीको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन चाँदीको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । आइतबार सुन चाँदीको भाउ बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १४ श्रावण २०८०, आईतवार ११:४३