काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९०० रुपैयाँले घटेको हो।
योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ।
अघिल्लो छापावाल सुनको मुल्य प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँमा किनबेच भएको थियो।
Comment