आईडियल सहकारीमा लगानी योग्य रकम कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

आईडियल सहकारीमा लगानी योग्य रकम कति ?



सप्तरी । राजविराज-४, सप्तरी स्थित आईडियल सहकारी संस्थाले असार महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार संस्थासँग लगानी योग्य रकम (तरलता) २६.४२ प्रतिशत रहेको छ ।

संस्थामा १४ हजार ४ सय २५ जनाको ११ करोड ३० लाख ४ सय रुपैयाँ सेयर रकम रहेको छ । विवरण अनुसार संस्थाको साधारण जगेडा कोषमा १० करोड ५८ लाख रुपैयाँ रहेको छ । त्यस्तै अन्य कोषहरुमा ३ करोड ५६ लाख, कुल संस्थागत पुँजी ११ करोड ७ लाख, कुल बचत ८५ करोड ९० लाख, ऋण लगानी ८१ करोड ३६ लाख, तरलता रकम २२ करोड ६९ लाख र कुल सम्पत्ती १ अर्ब २० करोड ३९ लाख रुपैयाँ रहेको प्रकाशित विवरणमा उल्लेख छ । संस्थाबाट १ हजार २ सय ८१ जनाले ऋण लिएका छन् ।

संस्थाको सप्तरी स्थित हनुमाननगर बजारमा समेत सेवा केन्द्र रहेको छ ।

आर्थिक संकटको बीचमा पनि संस्थाले उल्लेख्य प्रगति गरेको छ । सदस्यहरुको साथ र विश्वासका कारण वित्तीय विवरण बलियो हुँदै गएको संस्थाका अध्यक्ष गणेश कुमार आश बताउँछन् ।

प्रकाशित : ११ श्रावण २०८०, बिहीबार १२:२३