अष्ट सहकारीका अध्यक्ष सहित १० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

अष्ट सहकारीका अध्यक्ष सहित १० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर



काठमाडाैं । प्रहरीले काठमाडौँको धर्मपथमा कार्यालय रहेको अष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । काठमाडौँ प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनिहरु विरुद्ध ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ ठगी गरेको आरोप छ।

सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष अनिल खड्का, उपाध्यक्ष बिजय खड्का, सचिव जिवन बुढाथोकी, कोषाध्यक्ष कुम्भराज जोशी, सदस्य प्रकाश खड्का, शुसिल बिक्रम राणा, शुसिल बोहरा, लेखा समिति सदस्य सुवास बुढाथोकी, बबिता खड्का र संयोजक गोबिन्द बुढाथोकीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो ।

६४ जना बचतकर्ताले आफूहरुको बचत रकम ठगी गरेको भन्दै उजुरी दिएका थिए । ३ करोड ३२ लाख ठगी गरेको आरोपसहित जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलवार १६:५५