सेयर बजारमा ३६.१९ अंकको गिरावट,काराेबार रकम पनि खुम्चियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा ३६.१९ अंकको गिरावट,काराेबार रकम पनि खुम्चियो



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार ३६.१९ अंकले घटेर परिसूचक २१६३.४२ को बिन्दुमा झरेको हो।

आज नेप्सेमा कारोबार भएका २६७ कम्पनीको दुई करोड ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम दुई अर्ब ९१ करोड सात लाख ३२ हजार रुपैयाँ बढीको भएको छ।

बजार राताम्मे हुदाँ होटल समूहको उपसूचक ७२.३० अंकले बढेको छ भने बाकी सबै समूहको उपसूचक ओरालो लागेको छ ।

कारोबारमा आज सोल्टी होटलको सर्वाधिक १५ करोड २७ लाख ७९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। नेप्सेका अनुसार आज किसान लघुवित्त वित्तिय संस्थाको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । साथै,नबिल डिबेन्चर २०८५ का लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलवार १५:१५