सुनको मुल्य बढ्यो, प्रतितोला कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्यो, प्रतितोला कति पुग्यो ?



काठमाडौं । मंगलबार सुनको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम रहेको थियो भने, तेजावी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

त्यस्तै, आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलवार ११:२६