मुलुककाे आयात र निर्यात दुवै घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुलुककाे आयात र निर्यात दुवै घट्यो



काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको व्यापार घाटा साढे १४ खर्ब पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो।

व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा १५.४५ प्रतिशतले कम हो। गत आर्थिक वर्ष सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्धले व्यापार घाटा घटेको हो।

यसैगरी गत आर्थिक वर्षमा वस्तु आयात र निर्यात दुवै घटेको छ। गत आर्थिक वर्ष कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशतले कम हो।

यसैगरी गत आर्थिक वर्षमा मुलुकले कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१.४४ प्रतिशतले कम हो ।

प्रकाशित : 24 July, 2023 6:04 pm