सुनचाँदीको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । शुक्रबार सुनचाँदीको मुल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार ११:३५