नेपाल एयरलाइन्समा ३० जनालाई एयरहोस्टेस बन्ने सुर्वण अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल एयरलाइन्समा ३० जनालाई एयरहोस्टेस बन्ने सुर्वण अवसर



काठमाडौं । नेपाल एयरलाइन्सले भारी संख्यामा एयरहोस्टेस मागेको छ। नेपाल वायुसेवा निगमले पाचौं तहकालागि ३० जना एयरहोस्टेस कर्मचारी माग गरेको छ । निगमले २०८० साल जेठ मसान्तसम्म रिक्त रहेका दरवन्दीकालागि करार सेवामा भर्ना गर्न लागिएको हो ।

निगमको विमान परिचारिका बन्नकालागि कम्तिमा १२ कक्षा वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ । यसैगरी, आवेदन दिनेको उमेर १८ वर्ष देखि २५ वर्ष सम्म हुनुपर्ने निगमले जनाएको छ । आवेदकको उंचाइ भने कम्तीमा ५ फिट २ इन्च हुनुपर्ने छ ।

निगमका अनुसार यूनिफर्म लगाउँदा एयरहोस्टेसको ट्याटु देखिन पाइनेछैन । अशक्तता र अपांगता भएका युवतीहरू भने यस प्रतिपर्धामा भाग लिन पाउनेछैनन् ।

नेपाल एयरलाइन्सको सूचना अनुसार व्यक्तित्व परीक्षण, लिखित परीक्षा, शारीरिक र स्वास्थ्य परीक्षण र अन्तर्वार्ताका माध्यमबाट एयहोस्टेज छनोट गरिनेछ ।

यस परिक्षाक्षामा भाग लिनकालागि १ हजार रुपैयाँ शुल्क बुझाउनपर्नेछ । नियमको एयरहोस्टेज बन्नकालागि फारम साउन १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन २१ गतेसम्म बुझाउनपर्नेछ ।

नेपाल एयरलाइन्सको करारमा बन्ने विमान परिचारिहरूले ५ वर्षको सेवा अवधि पाउनेछन् । नियुक्ति प्रक्रिया पुरा गरेपछि अन्तिम सिफारिसमा परेका विमान परिचारिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट क्रु मेम्बरको प्रमाणपत्र पाउनेछन् । प्रमाणपत्र पाएका एयरहोस्टेज ५ वर्षको करार सम्झौतामा रहनेछन् । प्रमाणपत्र नपाउने एयरहोस्टेजले भने नियुक्ति पाउने छैनन् ।

प्रकाशित : ४ श्रावण २०८०, बिहीबार १७:०५