सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढ्यो



काठमाडौं । सुनको मुल्य बिहीबार तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको छ। यसअघि बुधबार सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले बढेर १४ सय ४० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : २८ असार २०८०, बिहीबार ११:२७