वडाध्यक्ष र सचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वडाध्यक्ष र सचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले धनुषाका नगराइन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्र विरुद्ध घुसररिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी परेको थियो ।

सोही निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, वर्दिवासबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष यादव र वडासचिव मिश्रलाई सेवाग्राहीबाट ७० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा उनीहरुले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरी दिएवापत सेवाग्राहीसँग घुस लिएको पुष्टी हुन आएको आयोगले जनाएको छ ।

सोही आधारमा उनीहरु विरुद्ध ७० हजार बिगो र जरिवाना सजायसमेत हुन मागदावीसहित शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।

प्रकाशित : २२ असार २०८०, शुक्रबार १६:१६