सुनको मुल्यमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य गिरावट



काठमाडौं । शुक्रबार सुनचाँदीको मुल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य पनि तोलामा १ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य तोलामा २० रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : २२ असार २०८०, शुक्रबार ११:३७