एसईईको नतिजा सहज बनाउन स्प्यारो एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सम्झौता, यसरी हेर्न सकिन्छ नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एसईईको नतिजा सहज बनाउन स्प्यारो एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सम्झौता, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । स्प्योरो एसएमएस २०७९–८० को एसईई नतिजाका लागि एसएमएस आधारित नतिजा सेवा सुरु गर्न नेपाल परीक्षा बोर्डसँगको सहकार्य गर्ने भएको छ।

यस सेवाले विद्यार्थी र उनीहरुका अभिभावकलाई एसईई नतिजा छिटो र सजिलै पहुँच गर्नका लागि सुविधाजनक र झन्झटमुक्त विधि प्रदान गर्ने लक्ष्य राखेको छ। विगत ११ वर्षदेखि स्प्यारो एसएमएस नेपालमा भरपर्दो र प्रभावकारी एसएमएस सेवाहरु प्रदान गर्न अगाडि रहेको छ।

यस प्रविधिसँगै विद्यार्थीले अब सजिलै ३५००१ मा एसएमएस पठाएर एसईई नतिजाहरु जाँच गर्न सक्छन्। विद्यार्थीले ‘एसईई’ टाइप गरेर स्पेस र आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनुपर्छ। केही क्षणमा उनीहरुले आफ्नो नतिजा सीधै आफ्नो मोबाइलमा एसएमएसमार्फत प्राप्त गर्नेछन्।

यो एसएमएस–आधारित नतिजा हेर्न प्रविधि विद्यार्थी र उनीहरुका अभिभावकहरुका लागि परीक्षा केन्द्रहरु जानुपर्ने वा जटिल अनलाइन पोर्टलहरु हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई सरल बनाउन डिजाइन गरिएको हो। ‘हामी नेपाल परीक्षा बोर्डसँग यो एसएमएस आधारित नतिजा जाँच गर्ने प्रविधि नेपालभरका विद्यार्थीका लागि उपलब्ध गराउन पाउँदा खुसी छौँ’, स्प्यारो एसएमएसका सीईओ मनोज थापाले भने, ‘हामीले नतिजा घोषणाका क्रममा विद्यार्थी र उनीहरुका अभिभावकले अनुभव गरेको प्रत्यासा र चिन्ता बुझ्दछौँ। हाम्रो उद्देश्य एक सहज र पहुँचयोग्य समाधान प्रदान गर्नु हो जसले विद्यार्थीहरुलाई कुनै झन्झट बिना तुरुन्तै उनीहरुको एसईई नतिजा प्राप्त गर्न सशक्त बनाउँछ।’

मोबाइल फोनको व्यापक प्रयोगको फाइदा उठाउँदै यो एसएमएस–आधारित नतिजा प्राप्त गर्न प्रविधिले देशका सबै कुनाका विद्यार्थीले उनीहरुको भौगोलिक स्थान वा इन्टरनेट जडानको बाबजुद सजिलैसँग उनीहरुको एसईई नतिजा हेर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्दछ।

एसईईको नतिजा एसएमएसमार्फत कसरी हेर्ने ?

आफ्नो मोबाइल सन्देश बक्समा जानुहोस्
नयाँ सन्देश लेख्नुहोस्
टाइप गर्नुहोस् एसईई अनि स्पेस राखेर सिम्बोल नम्बर लेख्नुहोस्
‘३५००१’ मा एसएमएस पठाउनुहोस्
स्प्यारो एसएमएसले विद्यार्थी र अभिभावकलाई एसएमएस आधारित एसईईको नतिजा हेर्न सेवा भरपर्दो र सुरक्षित रहेको विश्वास दिलाउँछ र ढुक्क भई यस प्रविधिको प्रयोग गर्न आग्रह गर्दछ।

प्रकाशित : २० असार २०८०, बुधबार १२:१८