तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मुल्य



काठमाडौं । सुनको मुल्य मंगलबार तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १९ असार २०८०, मंगलवार ११:५२