लाईफ इन्स्योरेन्स कपोरेशनको मुनाफा ९६ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

लाईफ इन्स्योरेन्स कपोरेशनको मुनाफा ९६ लाख



काठमाडौं, १ फागुन । निजि क्षेत्रको जीवन बीमा कम्पनी लाईफ इन्स्योरेन्स कपोरेशनले दोस्रो त्रैमासमा खुद मुनाफामा ७० दशमलव ३७ प्रतिशतले घटेर ९६ लाख रुपैयाँँ मुनाफा कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा ३ करोड २६ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको थियो ।

१ अर्ब ६ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा तथा कोषमा १८ करोेड ९६ लाख रुपैयाँ र जीवन बीमाकोषमा २९ अर्ब ९४ करोड १८ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा ५ दशमलव ५२ प्रतिशतले बढेर २ करोड २५ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १२० दशमलव ३६ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको । जसले आम्दानी भन्दा बढी खर्च बढाएकोले खुद मुनाफामा घट्न गएको हो । कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) ३ अर्ब ५७ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ भने अघिल्लो वर्ष २ अर्ब ९० करोड ६० लाख रुपैयाँ रहेको थियो । त्यस्तै दाबी भुक्तानी (खुद) ६८ करोड १६ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको सोहि अवधिमा २९ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी शुन्य दशमलव ९० प्रतिशत, मुल्य आम्दानीको अनुपात ४२७७६ दशमलव ६१ गुणा र प्रतिशेयर नेटवर्थ १ सय १७ दशमलव ७४ रुपैयाँ रहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७३, आईतवार ०५:१६