सुनको मुल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्यो



काठमाडौं । आइतबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो

प्रकाशित : १० असार २०८०, आईतवार १२:११