आन्दोलनको तयारीमा लगानीकर्ता,माग सम्बोधन नभएसम्म टिएमएस बन्द गराउन एशोशिएसनलाई आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आन्दोलनको तयारीमा लगानीकर्ता,माग सम्बोधन नभएसम्म टिएमएस बन्द गराउन एशोशिएसनलाई आग्रह



काठमाडौं । सरकारले पूँजीगत लाभकरको करका दरमा हेरफेर गरेपछि आन्दोलनमा उत्रिएका छन् । बिहीबार सेयर लगानीकर्ताहरू टिएमएस बन्द गराउने मागसहित स्टक ब्रोकर एशोशिएसन पुग्ने भएका छन् ।

आफूहरूको मागको सम्बोधन नभएसम्म कारोबार नगर्ने भनेर उनीहरूले टिएमएस बन्द गराउन स्टक ब्रोकर एशोशिएसनसँग आग्रह गर्ने भएका छन् । उनीहरुले अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको लागि कायम गरिएको ५ प्रतिशत र साढे ७ प्रतिशत करलाई नै अन्तिम कर मान्नुपर्ने लगायतका मागहरु राखेका छन्।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहीबार १३:२५