सहयोगीले कति नाफा कमायो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

सहयोगीले कति नाफा कमायो ?



काठमाडौं, माघ २६ । सहयोगी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३ र ७४ को दोस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ६५ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको तुलनाभन्दा २ सय ४० दशमलव ३८ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैकको मुनाफा १ करोड ६६ लाख रुपैयाँ कमाएको थियो ।

३१ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १३ करोड १६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३४ दशमलव ६७ प्रतिशतले वृद्धि गरी २ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ । जसबाट कर्जामा २ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानी १ सय ९५ दशमलव ५५ प्रतिशतले बढेर ११ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १ सय ८८ दशमलव ४६ प्रतिशतले बढेर ७ करोड ५९ लाख रुपैयाँ रहेको छ । बैंकले प्रोभिजनमा २ करोड ४३ लाख रुपैयाँ छुटाएको छ भने १ करोड २४ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंकको पहिलो त्रैमासमा प्रति शेयर आम्दानी वार्षिक ३५ दशमलव ९८ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १० दशमलव १५ गुणा, प्रति शेयर नेटवर्थ १ सय ४१ दशमलव ८५ रुपैयाँ र तरलता अनुपात २६ प्रतिशत रहेको छ । जोखिम युत्त सम्पति १३ दशमलव ५१ प्रतिशत र निष्कृय कर्जातर्फ शुन्य दशमलव ७५ प्रतिशत रहेको छ ।

प्रकाशित : २६ माघ २०७३, बुधबार ०५:५३