आज बजेट सार्वजनिक हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

आज बजेट सार्वजनिक हुँदै



काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएका छन्। जेठ १५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

आज प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक बस्छ । उक्त बैठकले आउँदो आर्थिक वर्षको बजेट झिकाउँछ, उक्त बजेट (आय व्ययको विवरण) योजना आयोगबाट अर्थ मन्त्रालय पुग्छ । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्छ । यसपछि फेरि मन्त्रिपरिषद् बैठक बस्छ ।

मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयले पेश गरेको बजेट पास गर्छ र संसदमा पठाउने निर्णय गर्छ । यसपछि बल्ल बजेट वक्तव्य प्रिन्ट गर्ने काम हुन्छ । बजेटको प्रतिहरु सिंहदरबार भित्र नै कडा सुरक्षाका बीच प्रिन्ट हुन्छ ।

आर्थिक संकटका बेला आएको बजेटले स्रोत जुटाउन करका दर बढाउनेदेखि धेरै वस्तुमा कर लगाउने अनुमान गरिएको छ। आगामी वर्षका लागि १७ खर्ब देखि १७ खर्ब ५ अर्ब रुपैयाँहाराहारीकाे बजेट आउने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँको सीमा (सिलिङ) दिएको थियो।

१४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको अनुमान अर्थलाई दिएको छ। चालू आर्थिक वर्ष सरकारले १४ खर्ब ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ।

असहज परिस्थितिमा आउन लागेको बजेटमा धेरै नयाँ कार्यक्रम समेटिएका छैनन्। कतिपय कार्यक्रमलाई कटौती पनि गरिएको छ। कतिपय कार्यक्रम जस्ताको तस्तै राखिएका छन्। दबाब भएकाले आगामी आर्थिक वर्षमा राष्ट्रसेवक कर्मचारीको तलब र ज्येष्ठ नागरिकलाई वृद्धभत्ता नबढ्ने भएको छ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार ११:४७