स्वेतपत्रमार्फत सहकारीको अवस्था जानकारी गराउनु पर्ने, बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै बचत फिर्ता पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वेतपत्रमार्फत सहकारीको अवस्था जानकारी गराउनु पर्ने, बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै बचत फिर्ता पाइने



काठमाडौँ । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारी संस्थाले स्वेतपत्र जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्न आग्रह गरेका छन् ।

सहकारीलाई घरजग्गा वा सहायक कम्पनी जहाँ जुन अवस्थामा लगानी गरेको छ, स्वेतपत्रमार्फत त्यसको वास्तविकता जानकारी गराएर बचतकर्ताको पैसा फिर्ता गर्न उनले आग्रह गरेका हुन् ।

सहकारीको दायित्वको कानुनी ग्रहण नगरे वा सहकारीको सम्पत्ति बेचेर पैसा नतिरे कानुनी दायरमा ल्याउने घिमिरेले बताए ।

सहकारी संस्थाले याे सुविधाको उपभाेग गर्न दायित्वको कानुनी ग्रहण पनि अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । कानुनी रुपमा दायित्व ग्रहण गरेपछि सञ्चालक भाग्ने सम्भावना नहुने हुँदा सहमतिमा बचत फिर्ताकाे समय ताेक्न सक्ने रजिस्ट्रार घिमिरेले बताए । ‘बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै समय पाइन्छ, सञ्चालकले बचतकर्ताको बचतको ग्यारेन्टी दिनुपर्छ´, उनले भने । यस्तै, उनले अहिले सहकारी बारे आइरहेकाे विषयवस्तुप्रति सरकारकाे गम्भिर ध्यानाकर्षण भएकाे र यसकाे लागि कार्यदल बनेकाे जानकारी दिए ।

यस्तै, सहकारीका सञ्चालकहरुले घरजग्गा लगायत व्यवसायमा लगानी गरेकाे र घरजग्गामा दबाब आउँदा यो अवस्था आएकाे उनले बताए । सञ्चालकले बदनियतले कारोबार गर्दा र आफ्नाे वा आफ्न्तकाे कम्पनीमा लगानी गर्दा समस्या देखिएकाे उनी बताउँछन् ।

समस्यामा आएका सहकारीलाई बचत फिर्ताका लागि समय दिने, घरजग्गामा लगानी गरेकालाई स्वतन्त्र छोड्नुको सट्टा सञ्चालकहरुले संस्थाको दायित्व ग्रहण गर्नु पर्ने र बदनियत भएका सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याएर बचत फिर्ता गराउने उनले बताए ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार १५:२६