युनाइटेड र अजोड इन्स्योरेन्सको सफ्टवेयर सिस्टम बन्द,यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

युनाइटेड र अजोड इन्स्योरेन्सको सफ्टवेयर सिस्टम बन्द,यस्तो छ कारण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। मर्जर प्रक्रिया पुरा गरी एकीकृत कारोबार गर्न लागेका युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीको सफ्टवेयर सिस्टम एक दिनको लागि बन्द हुने भएको छ। कम्पनीहरुले ‘डेटा माइग्रेसन’ प्रयोजनको लागि जेठ १२ गते शुक्रबार उक्त सिस्टम बन्द गर्न लागेको जनाएका छन्।

सो अवधिमा कम्पनीका सम्पूर्ण कार्यालयहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द हुने बताइएको छ।

यी दुई कम्पनीले आइतबारदेखि एकीकृत कारोबार गर्न लागेका हुन्। जेठ ९ गते धितोपत्र बोर्डबाट मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेसँगै एकीकृत कारोबारको लागि मिति तय गरेका हुन्। दुई कम्पनीले गत पुष २७ गते मर्जरको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रहने छ। कम्पनीको प्रधान कार्यालय सिटिसी मलमा हुने कम्पनीले जनाएको छ।

आइतबारदेखि युनाइटेड र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने भएको छ।

दुई कम्पनी स्वाप रेसियो १:८२.५ अनुपातमा मर्ज भएका हुन्। युनाइटेड अजोड इन्स्योरेन्सको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजाद श्रेष्ठ रहने छन् भने श्रवण रावल प्रमुख कार्यकारी अधिकृत हुनेछ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार १२:५० 25 May, 2023 12:50 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।