नेपाल बैंकको नाफा ८० प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल बैंकको नाफा ८० प्रतिशतले वृद्धि



काठमाडौ,२५   माघ । नेपाल बैंक लिमिटेडले चालु आव २०७३/७४ को दोस्रो त्रैमासमा मुनाफा ८० दशमलव ७९ प्रतिशतले वृद्धि गरी १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ कमाएको छ । अघिल्लो बर्षको सोहि अवधिमा बैकले जम्मा १ अर्ब ४ करोड ८१ लाख रुपैंया मात्र कमाएको थियो ।
६ अर्ब ४९ करोड ९४ लाखरुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा २ अर्ब २६ करोड ३५ लाख रुपैंया राखेको छ । बैंकको निक्षेपमा ५ दशमलव ७५ प्रतिशतले वृद्धि गरी ८४ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ संकलन गरी कर्जामा ७० अर्ब ८१ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानीमा ४० दशमलव ६६ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा १ सय १५ दशमलव ०८ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ३८ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा खुद मुनाफामा पनि वृद्धि देखिएको हो । यस त्रैमासमा बैंकले जोखिम व्यवस्थापन कोषमा १८ करोड ९० लाख रुपैंया छुट्याएको छ भने २७ करोड १३ लाख रुपैंया खराब कर्जाबाट उठाएको छ ।
बैंकको निस्क्रिय कर्जा १ प्रतिशतले घटेर २ दशमलब ८५ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पति ३ दशमलव १ प्रतिशतले घटेर १२ दशमलब २१ प्रतिशत रहेको छ ।
बैंंकको प्रतिशेयर आम्दानी ५८ दशमलव ३१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६ दशमलव ९५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३५ दशमलव ५४ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ७५ प्रतिशत रहेको छ ।

प्रकाशित : २५ माघ २०७३, मंगलवार ०६:३३