स्वास्थ्य बीमा बोर्डले सातौ पटक गर्यो ८ अर्ब ८० करोड दावी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्वास्थ्य बीमा बोर्डले सातौ पटक गर्यो ८ अर्ब ८० करोड दावी भुक्तानी



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई सातौ पटक दाबी भुक्तानी रकम पठाएको छ । बोर्डको वैशाख २६ गते बसेको बैठकको निर्णय अनुुसार सेवा प्रदायक स्वास्थ्य संस्थालाई १ अर्ब ८९ करोड ५२ हजार ६१८ रुपैयाँ रकम पठाएको हो ।

यो सँगै बोर्डले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा ८ अर्ब ८० करोड ७२ लाख ४९ हजार ७५९ रुपैयाँ दाबी भुक्तानी गरेको छ।

चालू आर्थिक वर्षमा बोर्डले बोर्डमा आवद्ध भएका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ भुक्तानी गरेको थियो । बोर्डले दोस्रो पटक ६६ करोड १ लाख ५५ हजार ६८ रुपैयाँ भुक्तानी गरेको थियो । बोर्डले तेस्रो पटक १ अर्ब ७ करोड ६ लाख ३० हजार ८५० रुपैयाँ भुक्तानी गरेको थियो ।

बोर्डले बोर्डमा आवद्ध भएका सेवा प्रदायक संस्थाहरुलाई चौथो पटक १ अर्ब १८ करोड ६ लाख ९४ हजार ९५५ रुपैयाँ भुक्तानी गरेको थियो । बोर्डले पाँचौ पटक १ अर्ब ३२ करोड ६५ लाख ५० हजार ९ सय रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बोर्डको माघ १० गते बसेको बैठकको निर्णय बमोजिम बोर्डले माघ २९ गते बोर्डमा आवद्ध भएका ३३३ वटा सेवा प्रदायक संस्थालाई उक्त रकम पठाएको थियो ।

यस्तै, बोर्डले छैटौ पटक १ अर्ब ६३ करोड ६४ लाख ३० हजार ९५१ रुपैयाँ रकम पठाएको थियो । हाल बोर्डमा ३४७ वटा स्वासथ्य सेवा प्रदायक संस्थाहरु आबद्ध छन् ।

प्रकाशित : ३१ बैशाख २०८०, आईतवार १६:३०