रिलायन्स फाइनान्सले नाफामा ४ गुणाले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिलायन्स फाइनान्सले नाफामा ४ गुणाले वृद्धि



काठमाडौं, २४ माघ । रिलायन्स फाइनान्स लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा २ करोड २ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको तुलनाभन्दा २ सय ४७ दशमलव ९४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा ५८ लाख रुपैयाँ रहेको थियो ।

४४ करोड रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले जगेडामा १५ करोड ७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३८ दशमलव १० प्रतिशतले वृद्धि गरी २ अर्ब ७८ करोड ४ लाख रुपैयाँ संकलन गरी कर्जामा २ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानीमा ७३ प्रतिशतले वृद्धि गरी ६ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २५० प्रतिशतले बढेर २ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

रिलायन्स फाइनान्सको जोखिम युत्त सम्पत्ति २१ दशमलव ११ प्रतिशत, निष्कृय कर्जा ३ दशमलव ०६ प्रतिशत, प्रतिशेयर आम्दानी ४ दशमलव ५४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ४६ दशमलव ६८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३३ दशमलव ४८ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव १३ प्रतिशत रहेको छ ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ०६:१२