नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले कम्पनीको लगानी योग्य रकम ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो ।

एक वर्ष वा सो भन्दा बढी अवधिको मुद्दती निक्षेपमा लगानी गर्ने कम्पनीले जनाएको छ । जसका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोके बमोजिमको कोटेशन सम्बन्धी फाराम भरि सात दिनभित्र गोप्य शिलबन्दी पेश गर्नुपर्ने छ ।

फाराम कम्पनीको वेभसाइटमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तै, प्रस्तावको मान्य अवधि एक महिनाको हुने कम्पनीको भनाइ छ । प्रस्ताव केन्द्रीय कार्यालय बाहेक अन्य कार्यालयबाट प्राप्त भएको प्रस्ताव भने मान्य नहुने कम्पनीले जनाएको छ ।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार १६:२७