बैशाख १५ र ३१ गते नियमित खोप छुटेका बालबालिकालाई खोप लगाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बैशाख १५ र ३१ गते नियमित खोप छुटेका बालबालिकालाई खोप लगाइने



काठमाडौं । सरकारले यही बैशाख १५ गते र ३१ गते दुई दिन ५ वर्षमुनिका सबै बालबालिकालाई छुटेका नियमित खोप लगाउने भएको छ। देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरुबाट नियमित खोपहरु लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नजिकैको स्वास्थ्य संस्थामा गई आफ्ना बालबालिकालाई छुटेको नियमित खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। यसका साथै छरछिमेकमा कसैले खोप लगाउन छुटेका छन् कि बुझेर खोप लगाउन समन्वय गरिदिन पनि मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार १२:३४