जग्गाको कित्ताकाट खुला गर्ने सरकारकाे निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जग्गाको कित्ताकाट खुला गर्ने सरकारकाे निर्णय



काठमाडौं । सरकारले लामो समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।

भू–उपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यससँगै ‘भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पनि स्वीकृति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै कित्ताकाट रोकिँदा घरजग्गामा भएको लगानी फ्रिज हुँदा अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै पूरानै अवस्थाबाट कित्ताकाट खोल्ने बताएका थिए । सोही अनुसार सरकारले वर्गीकरण बिना नै जग्गाको कित्ताकाट खोलेको हो ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार १०:४३