सार्वजनिक निकायलाई राती मात्रै काम गर्न महानगरपालिकाको उर्दी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सार्वजनिक निकायलाई राती मात्रै काम गर्न महानगरपालिकाको उर्दी



काठमाडौँ । महानगरपालिकाले सार्वजनिक निकायलाई राती मात्रै काम गर्न उर्दी जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै महानगरले सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित बनाउन र सडकपेटीमा निर्माण सामग्री नराख्न निर्देशन नै दिएको छ ।

सडकमा धुलो र निर्माण सामग्रीका टुक्रा नखस्ने प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ । सार्वजनिक निकायले सडक, पेटी, खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा निर्माणाधीन स्थल संकेत गर्न महानगरले अनुरोध गरेको छ ।

महानगरले नागरिकलाई हुने सास्ती कम गर्न राति ८ बजेपछि मात्रै काम गर्न गराउन सार्वजनिक निकायलाई अनुरोध गरेको हो । सडक विभाग, विद्युत प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई राती काम गर्न महानगरले संकेत गरेको हो ।

सूचनामा कुनै पनि सार्वजनिक निकायको नाम किटान नगरिएको भएपनि महानगरले सडक विभाग, केयूकेएल र विद्युत प्राधिकरणलाई नै संकेत गरेर यस्तो निर्देशन दिएको बुझिएको छ । अहिले सडक मर्मतसम्भार, सडक खनेर बिजुलीका तार भूमीगत गर्ने र खानेपानी तथा ढलका पाइपहरु मर्मत गर्न सडक खन्ने काम भइरहेका छन् । महानगरको सूचनाले यी कामहरु लक्षित निर्देशन दिएको हो ।

प्रकाशित : ४ बैशाख २०८०, सोमबार १४:१९