नेशनल लाइफ इन्स्योरेन्सले ६.५ प्रतिशत नगद लाभांश दिने घोषणा, बोनस सेयर कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेशनल लाइफ इन्स्योरेन्सले ६.५ प्रतिशत नगद लाभांश दिने घोषणा, बोनस सेयर कति ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले कुल १४.९२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

प्रकाशित : ३ बैशाख २०८०, आईतवार १४:५८