महासंघका अध्यक्ष चन्द्र ढकाल विभूषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

महासंघका अध्यक्ष चन्द्र ढकाल विभूषित



काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष चन्द्र ढकाललाई पनि विभूषित गरेका छन् ।

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण आज नयाँ वर्षको दिन प्रदान गरिएको हो ।

महासंघका नवनियुक्त अध्यक्ष ढकाल सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित भएका हुन् ।

शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले ९ सय ८२ जनालाई विभूषण प्रदान गरेका हुन् ।

प्रकाशित : १ बैशाख २०८०, शुक्रबार १५:३७