काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको ३० औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा विश्व स्तरीय चिकित्सा सेवा प्रदान गर्न सन् १९९३ मा नर्भिक इन्टरनेशनल हस्पिटल स्थापना भएको थियो ।
साबिकको पार्किङ क्षेत्रमा नयाँ भवन निर्माण सुरु भएको पनि आज नै एक वर्ष पूरा भएको छ । हाल निर्माण भइरहेको बहु आयामिक र अत्याधुनिक भवनमा निकट भविष्यमै नर्भिकको सेवा विस्तार हुने जनाइएको छ । विगत १५ वर्षदेखि लिजमा लिइएको सरकारी जग्गामा सञ्चालित अक्सिजन प्लान्ट, जेनेरेटर सेवा र मुर्दाघर पनि नवनिर्माण हुन लागेको भवनमा स्थानान्तरण गरिने जनाइएको छ ।
वार्षिकोत्सवको अवसरमा नर्भिकले अस्पतालका सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि वैशाख ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुट दिने भएको छ । त्यस्तै, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आइभिएफ फर्टिलिटी प्याकेज ३० दिनका लागि ३० प्रतिशत छुट र म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छूट दिने भएको छ ।
त्यसैगरि नर्भिकले पत्रकार परिवारका लागि विशेष हेल्थ प्याकेज निकट भविष्यमै ल्याउने समेत जनाएको छ । वैशाख महिनामा ४ वटा स्वास्थ्य शिविर आयोजना गर्ने तयारीमा रहेको समेत नर्भिकले बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
Comment