काठमाडौं । २०७९ सालको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज बिहीबार बजार २९.०७ अंकले घटेर १९३४.४७ अंकमा पुगेर बन्द भएको हो ।
आज कारोबार भएका २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ समूहको उपसूचक १९.९०, विकास बैंक ९०.४८, वित्त कम्पनी ३३.४२, होटल २.९२ जलबिद्युत कम्पनीको ४६.८४, जीवन बीमा ९३.६१, उत्पादन तथा प्रशोधन समूहको १०७.५९ माइक्रोफाइनान्स ३२.१२ निर्जीबन बीमा १२५.१०, अन्य समूहको २१.०२ र ट्रेडिङ समूहको उपसूचक ३४.३१ अकले घटेको छ ।
नेप्सेका अनुसार आज तीन कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा आदर्श लघुवित्त वित्तीय संस्था,आदर्श लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावरको सेयर रहेको छ । त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ४२ लाख ८६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।









Comment