काठमाडौं । धेरै समयपछि सेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार देखिएको छ। आज बजार २७.३१ अंकले बढेर परिसूचक १८७१.३३ को विन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.७९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.९३ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १.८७ अंकले बढेको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ३३ लाख १५ हजार ७२० कित्ता सेयर ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँमा किनबेच भएका छन्।
त्यस्तै, आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.२९ प्रतिशतले उकालो लागेको छ। वित्त समूह २.४३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.४१ प्रतिशत, विकास बैंक समूहमा २.३५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६८ प्रतिशत, जलविद्युत समूहमा १.५७ प्रतिशत, लगानी समूहमा १.२१ प्रतिशत, जीवन बीमा समूहमा ०.९४ प्रतिशत, लघुवित्त समूहमा १.४९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७६ प्रतिशत, अन्य समूहमा १.२६ प्रतिशत र व्यापार समूहमा १.०५ प्रतिशतको बढोत्तरी भएको छ।
नेप्सेका अनुुुसार आज कालिञ्चोक दर्शन र आदर्श लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन भने धेरै गुमाउनेमा सानिमा मिडिल तमोर हाइड्रोपावरका सेयरधनीहरु रहेका छन् । कारोबारका आधारमा आज सर्वाधिक शिवम सिमेन्टको ७ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
Comment