काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार २८.३१ अंकले घटेर १८३८.४८ बिन्दुमा रोकिएको हो ।
आज कारोबार भएका २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ समूहको उपसूचक १५.११, विकास बैंक ६१.५२, वित्त कम्पनी २७.७३, होटल ४३.०४, जलबिद्युत कम्पनीको ५७.९० जीवन बीमा १७९.९४, उत्पादन तथा प्रशोधन समूहको ४९.८१ माइक्रोफाइनान्स ४४.३५, निर्जीबन बीमा १५३.३६, अन्य समूहको १७.३ र ट्रेडिङ समूहको उपसूचक २७.३३ अकले घटेको छ ।
नेप्सेका अनुसार आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। साथै, माछापुच्छ्रे बैंक डिबेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । कम्पनीको ५ करोड ७८ करोड ५५ हजार रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।





Comment