सहकारीमा देखिएकाे अराजकता तत्काल नियन्त्रण गर्न प्रधानमन्त्री प्रचण्डकाे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारीमा देखिएकाे अराजकता तत्काल नियन्त्रण गर्न प्रधानमन्त्री प्रचण्डकाे निर्देशन



काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन विपरित सञ्चालन रहेका सहकारीकाे तत्काल अनुगमन  गर्न र अहिले देखिएकाे अराजकता तत्काल नियन्त्रण गर्न नियामक निकायलाई  निर्देशन दिएका छन् ।  सहकारीमा  स्वनियमन नारामा मात्रै सिमित भएकाे भन्दै यसलाई व्यबहारमा लागु गर्न आग्रह गरेका गरे ।

राष्ट्रिय सहकारी महासम्मेलन २०२३ काे उदघाटन कार्यक्रममा यस्तो आग्रह गरेका हुन् । उनले अहिले सहकारीमा बचतकर्ताकाे धेरै प्रश्न रहेकाे र त्याे प्रश्नकाे जवाफ यहिबाट सम्मेलनबाट खाेज्न अाग्रह गरेका छन् ।

उनले सहकारी बाट अपेक्षा धेरै रहेकाे त्याे पूरा नभएकाे भन्दै सहकारीलाई उत्पादन र श्रम सहकारीमा रुपान्तरण गर्नुपर्ने बताए । वितिय क्षेत्रमा देखिएकाे तरलताकाे समस्या सहकारीमा पनि रहेकाे भन्दै यतिबेला बचत कर्ताकाे बचत सुरक्षरण गर्ने बेला भएकाले यसतर्फ ध्यान दिन अाग्रह गरे । उनले सहकारीमा देखिएकाे समस्या समाधान गर्न सरकार तत्पर रहेकाे बताए ।

अहिले सहकारीप्रतिकाे बिश्वास सदस्यमा टुटन नदिन आवश्यक रहेकाे प्रचण्डको भनाइ छ । सहकारीलाई उत्पादनमा जाेडन कानुन संशाेधन अावश्यकरहेकाे भन्दै त्यसलाई संशाेधन गर्ने तयारिमा रहेकाे बताए । अर्थतन्त्रमा देखिएकाे समस्या सहकारीमा पनि परेकाे धारणा राखे ।

सहकारीले व्यापारीक एकाधिकार ताेडन सहकारी आवश्यक छ । सहकारी नेपालकाे अर्थतन्त्रको बलियाे खम्बा भएकाे उनकाे भनाइ छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने प्रमुख आधार सहकारी भएकाे बताए ।

प्रकाशित : २३ चैत्र २०७९, बिहीबार १६:४५