काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ८.२८ अंकले घटेर १८६४.२ बिन्दुमा रोकिएको हो । आज कारोबार भएका २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ६ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ०.५, निर्जीबन बीमा १.६९ र ट्रेडिङ समूहको उपसूचक ४.०४ अंकले बढेको छ । साथै, विकास बैंक ४२.१३, वित्त कम्पनी २२.६०, होटल ९.४१, जलविद्युत कम्पनी २८.५८, माइक्रोफाइनान्स १३.१४, जीवन बीमा १८.६२, उत्पादन तथा प्रशोधन समूहको १९.३८, अन्य समूहको १०.९७ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। साथै, साम्लिङ पावर कम्पनीका लगानीकर्ताहरुले भने सर्वाधिक गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी शिबम् सिमेन्टको भएको छ । कम्पनीको ४ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।





Comment