तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा, प्रधानमन्त्रीद्वारा सम्मेलनको उद्घाटन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा, प्रधानमन्त्रीद्वारा सम्मेलनको उद्घाटन हुने



काठमाडौं । राष्ट्रिय सहकारी महासंघले तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको जनाएकाे छ । महासंघले मंगलबार राजधानीको याक एण्ड यति होटलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र २३ देखि २५ गते सम्म महासम्मेलन आयोजना हुने जानकारी दिएकाे हाे ।

राष्ट्रिय सहकारी महासंघ लि.र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल र समापन पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्ने कार्यतालिका रहेको जानकारी दिएको छ ।

महासम्मेलनमा, राज्यका तीनै तहका सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सातै प्रदेशका सहकारीकर्मी, निजी क्षेत्रका प्रतिनिधि, गैर सरकारी संघरसंस्थाका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, बैंकर्स र अन्तर्राष्ट्रिय सहकारी अभियन्ताहरुको सहभागिता रहने महासंघले जनाएको छ ।

महासम्मेलनमा कृषि तथा बन विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुन्य प्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल, बैंकर्स अनिल केशरी शाह, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द राज पोखरेल र राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रा थाम्सुहाङले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ

यसैगरी महासम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व अर्थ सचिव सुरेन्द्र पाण्डे र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले पनि कार्यपत्र प्रस्तुत गर्ने महासंघले जनाएको छ ।

यस्तै महासम्मेलनमा अन्तर्राष्ट्रि सहकारी अभियानको तर्फबाट विजनेस काउन्सिल अफ कोअपरेटिभ एण्ड म्युचलका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन, आईसीए एपीका क्षेत्रीय निर्देशक बालु एयर, र जेए जेन्चु जापानका सिनियर म्यानेजर टोक्यो इचियाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

महासम्मेलनमा अस्ट्रेलिया, जापान, भारत लगायतका विज्ञहरूको पनि महत्वपूर्ण प्रस्तुति रहेको छ । ७३ लाख भन्दा वढी सदस्यहरू आवद्ध रहेको नेपाली सहकारी अभियानमा ५६ प्रतिशत महिला सदस्य रहेका छन् र १ लाख भन्दा वढी जनाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरिरहेको नेपालको सबैभन्दा बृहद संजाल विस्तार भएको सहकारी क्षेत्रको योगदानहरूलाई संस्थागत गर्दै बर्तमान वित्तीय प्रणालीमा देखिएको संकटका मुद्दाहरूको संबोधन गर्नुका साथै महासम्मेलनले सन् २०३० सम्मका लागि अभियानको स्पष्ट रणनीतिक गन्तव्य तय गर्ने जनाएको छ ।

नेपालमा ३०,८७९ प्रारम्भिक सहकारी संस्था, ३११ जिल्ला स्तरीय सहकारी संघहरू, ९ प्रदेश स्तरीय सहकारी संघहरू, १८ विषयगत केन्द्रीय सहकारी संघ, एक राष्ट्रिय सहकारी बैक र अभियानको शीर्षस्थ निकायका रूपमा राष्ट्रिय सहकारी महासंघ रहेको छ । सहकारीको गुणात्मक विकासका लागि समेत यसको सुदृढ संजालिकरण, छरितो संरचना र सहकारीको मुटुको रूपमा रहेको स्वनियमन र सुशासनको प्रवर्द्धनका लागि महासम्मेलन कोशेढुंगा सावित हुने बिश्वास लिएको छ ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलवार १५:३१